काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्व ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् ।
अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण (त्याग) गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, जीवन बीमा कम्पनीहरूबाट बीमितहरुले साउनमा १ अर्व १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेण्डर गरेका थिए ।
यस्तै भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ३ वटा, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४९ वटा बीमालेख सरेण्डर भएका थिए।
त्यस्तै, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा, पुसमा ७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ वटा, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ (बराबरको ९ हजार ८३९ वटा, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा र चैतमा १ अर्ब १ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेखहरू विमितहरूले त्याग गरेको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend