Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप २४ जनामा कोरोना संक्रमण पुष्टि


    बिहिबार, जेष्ठ ४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

    बिहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार