काठमाडौं । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गरे।
“निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई डर लाग्न थालेको छ,” उनले भने, “मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु।”
यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ। २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो।
निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न यो विमानस्थलमा ३० अर्ब रुपियाँभन्दा बढी रकम खर्च भएको छ।
दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रूपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो। बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend