काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको हो ।
यसअधि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन माग गरिएकोमा ७ सय छनोट भएका थिए। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रतर्फ ३ हजार लैजाने योजना बनाएको बताए ।
“यसमध्ये पनि जुन महिनामा ७०० नेपाली लैजाने गरी तयारी भइरहेको छ,” निर्देशक कटुवालले कारोवारसँग भने, “बाँकी २ हजार ३०० युवाको छनोटका लागि केही समयपछि नयाँ आवेदन माग गर्ने तयारी भएको छ।”
उनका अनुसार कोरियाले पत्राचार गरेपछि नयाँ आवेदन खुल्नेछ । हालसम्म ईपीएसअन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र श्रमिक माग गर्दै आएकोमा अब भने नयाँ क्षेत्र थपिएको हो। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend