काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन माग गरेकोमा थप २ हजार ३ सय नेपाली लैजाने गरी पुनः आवेदन माग गर्न लागिएको हो ।
यसअधि उत्पादनमूलक क्षेत्रको रोष्टरमा रहेका मध्ये १२ सय युवा छनोट गर्ने गरी आवेदन माग गरिएकोमा ७ सय छनोट भएका थिए। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाले २०२३ मा जहाज निर्माण क्षेत्रतर्फ ३ हजार लैजाने योजना बनाएको बताए ।
“यसमध्ये पनि जुन महिनामा ७०० नेपाली लैजाने गरी तयारी भइरहेको छ,” निर्देशक कटुवालले कारोवारसँग भने, “बाँकी २ हजार ३०० युवाको छनोटका लागि केही समयपछि नयाँ आवेदन माग गर्ने तयारी भएको छ।”
उनका अनुसार कोरियाले पत्राचार गरेपछि नयाँ आवेदन खुल्नेछ । हालसम्म ईपीएसअन्तर्गत कोरियाले नेपालबाट उत्पादन तथा कृषि क्षेत्रमा मात्र श्रमिक माग गर्दै आएकोमा अब भने नयाँ क्षेत्र थपिएको हो। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend