Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह


    सोमबार, मंसिर २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले धर्ना, जुलुस जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग भएको विषयमा असन्तुष्ट जनाउँदै कार्यालयमा धर्ना, जुलुस तथा विरोध हुन थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो ।

    यसअघि सञ्चालित सीप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थापछि नियमप्रति सिप बिल्डिङमा अनुत्तीर्ण भएका २८ हजारभन्दा बढी आवेदन दिनबाट वञ्चित भएका छन्। उनीहरूले आवेदन दिन पाउनुपर्ने माग राख्दै ईपीएस कार्यालयमा धर्ना दिँदै आएका छन्।

    कार्यालयमा दिनहु विरोध प्रर्दशन हुन थालेपछि कार्यालयले विज्ञप्ति जारी गर्दै रोक्न आग्रह गरेको हो । उनीहरूले उठान गरेका मागका विषयमा कोरियासँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार