Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बलिउड अभिनेत्री प्रियंका चोपडा भन्छिन्- छोरीका लागि करियर र देश छोड्न पनि तयार छु


    शनिबार, बैशाख ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो छोरी मालतीका लागि करियरसँगै देश पनि छोड्न तयार रहेको बताएकी छन्।

    प्रियंकाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् ।

    उनले एक अन्तरवार्तामा आफ्ना लागि आमाबुवाले त्याग गरेको सम्झँदै आफू पनि छोरीका लागि सबै कुरा त्याग गर्न तयार रहेको खुलासा गरेकी छन् । ‘मेरा लागि मेरो करियर अत्यावश्यक छ । मैले यहाँसम्म पुग्नका लागि धेरै मेहनत गरेकी छु । मैले कहिल्यै पनि सोचिनँ कि कुनै समय मैले करियर नै छोड्नुपर्छ । अब म ४० वर्षकी भएँ । म यो अवस्थामा मेरो छोरीका लागि करियर र देश छोड्न तयार छु’, प्रियंकाले भनेकी छन् ।

    उनले आफ्ना लागि आमाबाबुले सबै कुराको त्याग गर्नु आफूहरुका लागि भाग्यको कुरा भएको ‘तर समाजमा यस्ता पनि आमाबाबु छन्, जो आफ्नो सन्तानका लागि केही गर्न सक्दैनन् । आज पनि समाज दबाबमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार