Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एमाले केन्द्रीय कमिटी बैठकमा चार प्रदेशका प्रतिवेदन पेस


    शुक्रबार, बैशाख २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा मिसन ग्रासरुटका विषयमा चार प्रदेशका संयोजकहरूले प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेको जारी केन्द्रीय कमिटीको पाँचौ बैठकको दोस्रो दिन आज बागमती प्रदेशको प्रतिवेदन गोकर्ण बिष्ट र गण्डकी प्रदेशको प्रतिवेदन पद्मा अर्यालले प्रस्तुत गरेका हुन् ।

    बैठकमा सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटव्यूरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गरेका छन् ।

    बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल गरिएको र समूह छलफलपछि सबै समूहका निष्कर्ष प्रस्तुत भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार