Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक : आज प्रतिवेदनमाथि समूहगत छलफल


    शुक्रबार, बैशाख २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत आज दोस्रो दिन समूहगत छलफल तय गरिएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलिसम्म जारी रहने छ ।

    केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।

    हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिने छ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार