Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोपबहादुरलाई इमानदारिताका साथ बुझाउन एमालेलाई माओवादी सांसदको आग्रह


    आइतबार, बैशाख २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली शरणार्थी ठगी प्रकरणमा मुछिएका एमालेका  नेता टोपबहादुर रायमाझीलाई इमानदारिताका साथ बुझाउन एमालेलाई आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले बोलेका कुरालाई एमालेले विषयान्तर गर्न खोजेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध हो भने टोपबहादुरलाई बुझाउन आग्रह गरे ।

    प्रचण्डले भ्रष्टाचारी माथि सरकारले टेलर देखाएको अब फिल्म देखाउन बाँकी छ भन्ने अभिव्यक्तिलाई एमालेले खिसीटिउरी गरेको बताउँदै उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार