Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस र एमालेको सरकार हुने सम्भावना नरहेको माधवको दाबी


    मंगलबार, असार ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । आज संसदबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    सांसद सापकोटाले अहिले नै एमाले र कांग्रेसबीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए ।

    उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए । समाजवादी मोर्चा भनेको समाजवादका आधार स्तम्भ निर्माण गर्न निर्मित भएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार