Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै १२ सय रुपैयाँले घट्यो सुनको मूल्य


    आइतबार, बैशाख २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डौ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

    गएको बिहीबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    अस्ति बिहीबार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

    हिजो शनिबार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन।

    यसैगरी आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार