ललितपुर । लोकप्रिय सरु संगीत घरले सांगीतिक कार्यक्रमका साथ आफ्नो दोस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ। संगीत घरले हिजो ललिपुरको महालक्ष्मी नगरपालिका -५ मा अवस्थित बुद्ध पार्टी प्यालेसमा बरिष्ट गायिका लोचन भट्टराईको प्रमुख आतिथ्यमा बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमा बिशेष अतिथि महालक्ष्मी – ५ का वडा अध्यक्ष कपिल के.सी.तथा अतिथिहरु शिक्षासेवी बिण्णु कुमार निरौला, नेपाल सरकार गृहमन्त्रालयका उपसचिव डोरेन्द्र निरौला तथा समाजसेवी सूर्य बस्नेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोचन भट्टराईले सरु संगीत घरको नाम संगीतकार डेनी निरौलाकी स्वर्गवासी आमाको नामबाट स्थापना भएको थाहा पाउँदा आफु निकै खुसी भएको बताएकी थिइन । भट्टराईले यस्तो कार्यले सधै आफ्रनी आमाको नाम लिइरहन पाउने पनि बताएकी थिइन् । आफु पनि संगीतको बिद्यार्थी भएको र सिक्ने कुरालाई उमेरले नछेक्ने भन्दै सरु संगीत घरका बिद्यार्थीहरुलाई हौसला प्रदान गरेकी थिइन् । भट्टराईले आफ्रना चर्चित गीतहरु “ उ त गयो माया मारेर र टाढा टाढा नभई जाउ तिमी ” जस्ता हृदयस्पर्शी गीतहरु पनि गाएकी थिइन् ।
कार्यक्रममा बोल्दै बिशेष अतिथि कपिल के.सी ले गीत संगीत हरेक मान्छेलोई मन पर्ने तथा गीत संगीतको माध्यमबाट समाजमा हरेक खालका सन्देश सूसुचित गर्न सकिने भएकोले आफुले जनप्रतिनिधि भएकोे हैसियतले गीत संगीतका हरेक कुराहरुलाई सहयोग गर्ने प्रतिवध्ता पनि जनाएका थिए ।
कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार डेनी निरौलाले बिद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका सबै बिद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रममा २८ वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend