Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डाक्टरको परामर्श शुल्क बढाउने निर्णय


    सोमबार, बैशाख १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क बढ्ने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

    चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने निर्णय भएको बताएको छ ।

    १८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको विज्ञप्तिमा भनिएको छ । परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार