काठमाडौं । ललितपुरको सेन्टजेभियर्स स्कुलले विद्यार्थी भर्ना पहिलो पटक पारदर्शी रुपले गर्न लागेको छ । बुधबार बिहान उक्त स्क्ुलले गोलाप्रथाबाट विद्यार्थी छनोट गर्ने भएको हो । भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीले गोलाप्रथामा भाग लिनेछन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सेन्टजेभियर्स स्कुलको अपारदर्शी भर्ना प्रक्रिया रोकी पारदर्शी रुपमा गर्ने वातावरण सृजना गरेका हुन् । पत्रकार प्रकृति अधिकारीले ललितपुरका सबै स्कुलमा कक्षा १ मा प्रवेश परीक्षा लिएर भर्ना गराउने पद्धतिको अन्त्य गर्ने निर्णय मेयर महर्जनलाई सामाजिक संजालमार्फत् सुझाव दिएका छन् ।
सेन्टजेभियर्स स्कुलको भर्ना प्रक्रिया पारदर्शी रुपमा गर्ने सुरुवात गरेकोमा धन्यवाद दिंदै अधिकारीले ललितपुरका महानगर प्रमुख महर्जनको कार्यको सराहना गर्दै ५ बुँदामा सुझाव दिएका छन् ः
१. ललितपुरको सेन्टजेभियर्स स्कुलले आज विहान गोलाप्रथाबाट विद्यार्थी छनोट गर्दैछ । टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुँदैछ । गोलाप्रथा विधि हेर्न आवेदन दिएका विद्यार्थीका अभिभावक पनि जान पाउने भएकाले जानुहोला ।
२. स्कुलले तयार गरेको विधिअनुसार आमजनताका छोराछोरी मुस्किलले ४० जनाले भर्नाको अवसर पाउने थिए । बाँकी त बडे नेता, प्रशासक, पहुँचवालाका छोराछोरीले अवसर पाउँथे । त्यो ४० कोटामा पनि पारदर्शी रुपमा विद्यार्थी छनोट हुनेसक्ने अवस्था थिएन । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अडानका कारण अब १७५ सिटमध्ये १५५ सिटमा आमजनताका छोराछोरीले अवसर पाउँदैछन् । २० कोटा स्कुल (जेसुएट सोसाइटी) ले नै पाउने छ । खल्तीखल्तीका कोटा प्रथा अन्त्य हुनु पनि ठूलो उपलब्धि हो ।
३. अस्ति साँझ स्कुलले गोलाप्रथाका लागि छनोट भएकाहरुको नामावली भनेर नाम सार्वजनिक ग¥यो । तर सो थाहा पाएलगत्तै मेयर महर्जनले ‘आवेदन दिएका सबैलाई गोलाप्रथामा सम्मिलित गराउनू, नत्र भर्ना प्रक्रिया स्थगित गर्छौँ’ भनेर चेतावनी दिनुभयो । लिखित र मौखिक चेतावनी दिइयो हिजो विहान । स्कुलका प्रिन्सिपलले साँझ ४ बजे सबैलाई समावेश गरेर अर्को फेहरिस्त सार्वजनिक गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजो दोस्रो सूची भन्दै सबैको नामसहितको फेहरिस्त सार्वजनिक गरियो । यहाँ मेयर साहेबले नजरअन्दाज गर्नुभएको वा मौन बस्नुभएको भए आज बाँकी विद्यार्थी अन्यायमा पर्ने थिए । आवेदन दिएका जति सबै फेहरिस्तमा परेका छन् । केही उमेर नाघेका वा कम भएका सूचीमा नपर्नुलाई अन्यथा लिन सकिन्न ।
४. आगामी वर्षबाट ललितपुर महानगरपालिकाका सबै स्कुल चाहे सामुदायिक वा निजीमा कक्षा १ मा प्रवेश परीक्षा लिएर भर्ना गराउने पद्धतिको अन्त्य गर्ने निर्णय मेयर साहेबले लिन सक्नुहोस् । सबै स्कुलले गोलाप्रथाबाट विद्यार्थी छान्नुपर्छ । जसले परीक्षा लिएर मात्र छान्ने भन्छ, त्यो स्कुललाई कक्षा ८, १० र १२ को परीक्षाबाट वन्चित गरिनुपर्छ । त्यसको जिम्मेवारी स्कुलले लिनुपर्नेछ । तसर्थ त्यस्तो अलोकप्रिय घटना हुन नदिन स्कुलले गोलाप्रथा वा पहिलो आउनेलाई भर्ना लिने पद्धति अवलम्बन गर्नुपर्छ ।
५. सेन्टजेभियर्स स्कुलका बारेमा मैले गरेका पोस्टप्रति धेरै जनाको आपत्ति पनि देखेको छु । कतिपय पत्रकार साथीलाई पनि चित्त बुझेको छैन । राम्रो निर्णय गर्न वा विधि बसाल्न कुनै एक जना अलोकप्रिय वा विवादित बन्नुपर्ने हुनसक्छ । मेयर महर्जन पनि कतिपयका लागि अलोकप्रिय बन्नुभयो होला । म पनि त्यस्तै अलोकप्रिय बनेको छु होला । तर जनताका छोराछोरीले न्याय पाउन्, यही मेरा लागि सन्तोखको विषय हो । कमसेकम सेन्टजेभियर्स स्कुलमा भर्ना गराउन सोर्सफोर्स लगाउनुपर्ने प्रवृत्ति त अन्त्य हुने भयो । कमजोर विद्यार्थी छनोट भए तिनलाई अब्बल बनाउने जिम्मा स्कुलको हो । त्यसैले स्कुलले कमजोर विद्यार्थी छनोट भए भनेर दुःख मनाउन गर्न मिल्दैन । आजको गोलाप्रथाको कुराले बडो आनन्द लागेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend