Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इस्लाम धर्मावलम्वीले आज इदुलफित्र पर्व मनाउँदै


    शनिबार, बैशाख ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

    एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

    रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

    दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरूपमा नमाज पढ्ने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार