काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बेथितिको केन्द्र बनेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवाको बिषयमा दररेट तय गर्ने प्रचलन हालका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पालादेखि सुरु भएको छ ।
मन्त्री मोदीले सचिवमा कृष्णहरि पुस्कर कर्ण जस्ता विवादित र कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा भन्सार विभागको महानिर्देशक हुँदा नासु, खरिदार र कम्प्युटर अप्रेटर सरुवा गर्दा लेनदेनमा पोख्त कमलप्रसाद भट्टराईलाई ल्याएपछि सामान्य प्रशासन मन्त्रालयमा खुलेआम लेनदेनका आधारमा सरुवा हुने गरेको छ ।
बेथितिको सुरुवात गर्ने अरु कोही नभएर मन्त्री अमनलाल मोदी नै भएका छन् । मन्त्रीले २०६४ का वाइसीएलको जस्तो पारा देखाउँदै थर्काउँदै सरुवामा मनपरी गर्दैआएको आरोप छ । सामान्य प्रशासनका एक अधिकारी भन्छन्–मन्त्रीको वाइसीएल शैलीसँग धेरै कर्मचारी डराएका छन्, तर उनको यो शैली मन पराउने भने कोही छैनन् । मन्त्रीको कार्यशैलीलाई लिएर निजामती प्रशासनभित्रै चिन्ता उत्पन्न गराएको छ ।
मन्त्रीको सचिवालयका निजी सचिव र स्वकीय सचिवसहितका कर्मचारी प्रशासन महाशाखाका सहसचिव, कर्मचारी प्रशासन शाखाका उपसचिव, शाखा अधिकृत, पत्र बनाउने नायबसुब्बा, टाइपिष्टसम्मले सरुवामा खुलेआम कार्यालय र कर्मचारीको तहअनुसार मोलतोल गर्ने गरेको देख्न सकिन्छ ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा र थमौतीका लागि यसरी मोलतोल हुने गरेको जोकोहीलाई थाहा छ । सामान्य प्रशासन मन्त्रालय अगाडिको पार्किङ, चौर, वन मन्त्रालयको चमेनागृह, कृषि मन्त्रालयको पछाडिको पिपल चौतारामा खुलेआम दलालहरुले मोलतोल गरिरहेको दृश्य देख्न सकिन्छ । सामान्यमा एउटा कर्मचारीले घुसको डिल गर्ने, अर्कोले पत्र बनाएर पठाउने गरेको चर्चा हुने गरेको छ । नासु र कम्प्युटर अप्रटेरको सरुवामा २० हजार घुस लिएको बिषय मन्त्रालयको उच्चतहसम्मै पुगेको छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत लानका लागि मेयर, अध्यक्षको ताँती लाग्ने गरेको छ । यो लाने, ऊ नलाने भन्दै उनीहरु मन्त्रालयभित्र बाहिर मोलतोलमा ब्यस्त भएका दृश्य सबैले देख्न सक्छन् । सामान्य प्रशासन मन्त्रालयका सरुवामा माओवादीनिकट भन्दै केही ब्यक्ति दलालीमा तल्लीन छन् । सहसचिव र सचिवलाई समेत सरुवा गरिदिन्छु भन्न पनि उनीहरु पछि पर्दैनन् । माओवादी संयन्त्रभित्रै एक अर्कामा लेनदेनको बिषयमा विवाद सतहमा आउने गरेको छ । चैत २९ मा कर्मचारी प्रशासन महाशाखामा भएको कुटाकुट माओवादीकै दुई समूहबीच सरुवाकै बिषयलाई लिएर भएको थियो । एउटाले बढी खायो, मैले पाइनँ भनेर विवाद पोल खोलाखोल गरिरहेको देख्न सकिन्छ । सामान्य प्रशासन मन्त्रालयमा माओवादीका दुई समूहबीच सरुवाकै बिषयमा गएको चैत २९ गते विवाद भयो । र, विवादकै क्रममा माओवादीको एक समूहले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमलप्रसाद भट्टराईमाथि आक्रमण नै गरेको थियो ।
सरुवामा चलखेल गर्दा सहसचिवमाथि आक्रमण
निरन्तर दुई सातादेखि सरुवाका लागि धाउँदा पनि अनेक बहानामा झुलाउने र कानुन शाखाका प्रमुख महेन्द्र साँखीको तिर पठाएपछि सहसचिव वाईसीएलको एक समूहले भट्टराईमाथि हातपात भएको थियो । सामान्य प्रशासन मन्त्रालयभित्रै आक्रमण भएको सूचनापछि प्रहरीको टोलीसमेत सामान्य प्रशासन मन्त्रालयमा पुगेको थियो । प्रहरी पुगेर आक्रमण हुनबाट सहसचिव भट्टराईलाई जोगाएको थियो । सहसचिव भट्टराईले झुलाउने र दुःख दिने गरेपछि आक्रोशित भएका वाइसीएल कार्यकर्ता विवादमा उत्रिएका थिए ।
स्थानीय तहमा भएको सरुवा लेनदेनपछि बदर
सामान्य प्रशासन मन्त्रालयमा कतिसम्म बेथिति छ भने स्थानीय तहमा सरुवा गर्ने र पुनः आर्थिक लेनदेनका आधारमा बदरसमेत गर्ने गरिएको छ । सो मन्त्रालयले सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चैत तेस्रो साता पदस्थापन गरिएका चुडामणि चापागाईको सरुवा बदर गरी भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारणमा लगिएको छ ।
मधेशका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवहरु जान प्रायः मान्दैनन् । चापागाईले सरुवा बदर गर्नका लागि आर्थिक स्रोतकै ब्यवस्थापन गरेको स्रोतको दाबी छ । कर्मचारी प्रशासन महाशाखाका प्रमुख भट्टराईलाई लाभ भएपछि उनको कविलासी नगरपालिकामा भएको पदस्थापन बदर भएको छ । र, भूमिब्यवस्थामा पुगेका छन् । चापागाईको पदस्थापन बदर गर्दा २ लाख ५० हजार रुपैयाँ लेनदेन गरेको आरोप छ । चापागाईको सरुवामा आर्थिक लेनदेन भएको बिषयमा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईको प्रतिक्रिया यस्तो छ–‘उहाँको पदस्थापन बदर भएको सुनेको हुँ । तर आर्थिक लेनदेन भएको थाहा छैन । म उहाँलाई चिन्दिनँ ।’
कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमलप्रसाद भट्टराई सरुवाको बिषयमा भएको हात हालाहालपछि बिदा लिएर बसेका थिए । उनी शुक्रबार मात्र मन्त्रालयमा आएका छन् । मन्त्री अमनलाल मोदी पनि एक सातादेखि अमेरिकामै छन् । सचिव कृष्णहरि पुस्कर २० दिनभन्दा बढी समयदेखि अमेरिका घुमेर बसेकाले उनी निमित्त सचिव थिए । तर सरुवाको बिषयमा विवाद र हात हालाहाल नै भएपछि उनी रुष्ट भएर बिदामा बसेका थिए ।
उपसचिव चापागाई एक प्रतिनिधि पात्र मात्र हुन्, मोदी मन्त्री भएपछि सामान्यका सरुवामा यस्ता बेथिति अरु धेरै भएको मन्त्रालयका अधिकारीले बताए । मन्त्रालयभित्र एक जना नासुको सरुवामा २० हजार रुपैयाँ खाएपछि उच्च राजनीतिक नेतृत्वसम्मै कुरा पुगेको विषयसमेत अझै चर्चामा छ ।
कुनै बेला काठमाडौंका मालपोत कार्यालय चावहिल, कलंकी, डिल्लीबजार(चाकडी)लाई भ्रष्टाचारका अखडा भन्ने गरिन्थ्यो । अहिले सामान्य प्रशासन मन्त्रालयलाई त्यही रुपमा बुझ्न थालिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend