Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उपनिर्वाचनका दिन तनहुँमा सवारी साधन चलाउन निषेध


    शुक्रबार, बैशाख ८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। तनहुँमा वैशाख १० मा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै सो दिन अत्यावाश्यक बाहेकका सवारी साधान चलाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आज विज्ञप्ति जारी गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ भित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन चलाउन नपाइने जनाएको हो ।

    राष्ट्रिय राजमार्गको मुग्लिङ–दमौली चापाघाटसम्म भने सुरक्षाकर्मीको स्कर्टिङमा यातायात सञ्चालन गरिने प्रशासनले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार