Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डढेलो निभाउने क्रममा जलेर १३ वर्षीय किशोरको मृत्यु


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका –३ का १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो ।

    पाल्पामा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसारआगो निभाउने क्रममा ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    धुर्कोट गाउँपालिका –३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार