Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एकैघरका १५ जनामा कोरोना संक्रमण, मलामी जाँदा संक्रमण सरेको आशंका


    मंगलबार, भाद्र १६ २०७७
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल। एकैघरका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा केहीदिन अघि एक कोरोना संक्रमित मृतकको मलामी जाँदा उनीहरुमा संक्रमण सरेको आशंका गरिएको छ ।  

    रोहिणी गाउँपालिका ३ चैनपुरवामा ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएका थियो । उनको अन्त्येष्टिको भएपछि कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। 

    सोहीकारण मलामीमा संलग्‍न ७३ जनाको पीसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

    संक्रमण पुष्टि भएकामध्ये १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिला रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताए।

    सोमबार राति आएको रिपोर्ट अनुसार सो घरका १० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना संक्रमण पुष्टि भएको हो । मलामी गएकाहरुमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । 

    चैनपुर गाउँमा संक्रमण देखिएपछि रोहिणी गाउँपलिकाले चैनपुर गाउँ शिल गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार