Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, सक्रिय संक्रमित ३९७


    मंगलबार, बैशाख ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।

    मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ ।

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार