काठमाडौँ। आज काठमाडौँ टोखामा बिस्का जात्रा धुमधामका साथ मनाइँदैछ । टोखाको बिस्का जात्रालाई काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो मानिन्छ ।
जात्रा मनाउन टोखा नगरपालिकाले पालिकाभर सोमवारका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । भक्तपुरमा झै बिस्का जात्रा काठमाडौँको प्राचीन वस्ती टोखामा पनि अपूर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
टोखा बिस्का नखः भनिने गरिएको बिस्का जात्रा टोखामा हरेक नयाँ बर्षको बैशाख १ गतेदेखि ४ गतेसम्म धुमधामका साथ मनाउने गरिन्छ। भोट अर्थात तिब्बतसंगको महत्वपूर्ण व्यापारिक केन्द्र मानिएको टोखा चाकुका लागि प्रख्यात शहर हो । भक्तपुरको झै पुरानाको मानिएको टोखाको बिस्का जात्रामा पनि काठमाडौँ उपत्यकासहित बिभिन्न स्थानबाट जात्राप्रेमीहरु पुग्ने गरेका छन् ।
विशेषत उपत्यकाका काठ क्षेत्रका वासिन्दा पनि टोखाको बिस्का जात्रामा चार दिन नै सहभागी भएर हर्षपूर्वक मनाउने गर्छन् । ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्राका कारण टोखामा नयाँ बर्षका सुरुका दिनहरुमा लाखौ मानिसहरु पुग्ने गरेका छन् ।
सपनतीर्थ, चण्डेश्वरी मन्दिर, भुतखेलको आकर्षणसहित टोखाको बिस्का जात्राको महत्व पनि आफैमा पृथक रहदै आएको छ । अझ दक्ष प्रजापतिले यज्ञ गरेको स्थानकोरुपमा पनि टोखाको परिचय झल्काउने गरिएको छ ।
सपनतीर्थ मेलासंग जोडिने गरेको टोखाकोविस्केट जात्रा घोडेजात्रा अघि लिङ्गो गाढे पछि प्रारम्भ हुने चलन छ । जात्राको चार दिन अघि खोला थुनेर पोखरी बनाइन्छ । त्यहि पोखरीमा नुहाउन वैशाख १ गते श्रद्धालुहरु पुग्ने गर्दछन् । यो जात्रा औपचारिकरुपमा चार दिन भनिएपनि आठ दिनसम्म जात्रा मनाउने चलन अझै पनि विद्यमान छ । जात्राका क्रममा पूजाआजा गर्नुका साथै नेवार समुदायले आफ्नो भेषभुषा र संस्कृति झल्किने पहिरन लगाउने चलन छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend