काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले नीजि विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन् । बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बिराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजि विद्यालयका गाडीलाइ निषेध गर्ने निर्णय गरेका हुन् ।
२१ फाल्गुन २०७९ मा सिक्षक अभिभावक संघको भेलाले गरेको निर्णयलाइ ऐक्यबद्धता जनाउँदै वडाले गाडी निषेध गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए । तर, विद्यालयको शैक्षिक गुणस्तर सुधार नगरी निजि विद्यालयको गाडीलाई निषेध गर्नुले वालवालिकाको पढन पाउने अधिकार हनन गर्न खोजेको उनीमाथि आरोप लागेको छ ।
नजिकमा रहेको जनजागृत माध्यामिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेपछि पाटुका धेरै अभिभावकहरुले निजि विद्यालयमा नै पढाउँदै आएका छन् ।बर्दिबासमा नै रहेको नीजि विद्यालय सनसाइन इङलिस बोर्डिङ्ग स्कुल, एभरेस्ट पब्लिक एकेडेमी, नोवेल बोर्डिङ स्कुल र बर्दिबास बोर्डिङ्ग स्कुलले त्यहाँबाट विद्यार्थी बोक्दै आएका छन् ।
यसैको कारणले पनि जन जागृत माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको केही स्थानिय र जनप्रतिनिधिको ठहर छ ।
`घारी टोल, तल्लो पाटु, माथिल्लो पाटु लगायतका ठाउँहरुवाट विद्यार्थीहरु निजि विद्यालयमा जाने भएकाले उक्त ठाउँमा सवारीसाधन आउन निषेध गर्ने निर्णय गरेका हौं,´ अभिभावक संघका अध्यक्ष रमेश खत्रीले भने ।
वडाले निषेध गर्ने निर्णय गरेको पत्र सामाजिक संजालमा सार्वजनिक गरेपछी वडा अध्यक्षमाथि बाक्लै आलोचना भएका छन् । देउराली उच्च माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रदीप कार्कीले यो निर्णय त्रुटिपूर्ण भएको बताए ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष विष्टको निर्णयलाई लिएर उनकै पार्टीका स्थानीय नेताले समेत आपत्ति जनाएका छन् । जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने मान्यता विपरित पूर्वाग्राही निर्णय गरिएको नेकपा एमालेका स्थानीय युवा अमिश रिसालको तर्क छ ।
यता नीजि विद्यालयका सञ्चालकले वैसाख -५ गतेपछि निषेध गरिएको क्षेत्रमा निर्वाधरुपमा गाडी चल्ने बताए। एभरेस्ट पव्लिक एकेडेमीका संचालक अरुण कार्कीले कानुन हातमा लिएर तनासाही निर्णय गरेको आरोप लगाए । वैसाख -५ गतेपछी पाटु गाउँ आवतजावत गर्ने गाडीलाइ रोकेर देखाउन पनि उनले वडा अध्यक्ष विष्टलाई चुनौती दिएका छन्
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend