काठमाडौं। अहिले प्रदर्शनमा रहेको ‘जारी’ फिल्मका निर्माताले उक्त फिल्मको भिडियो क्लिपहरु टिकटमा छ्यापछ्यापी भेटिएपछि ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।
जारीका निर्माता मणिराम पोखरेलले हलमा फिल्म खिचेर विभिन्न सामाजिक सञ्जालले भिडियो अपलोड गरेको भन्दै उजुरी दिएका हुन् । उनले पाइरेसीबाट निर्मातालाई पर्न गएको आर्थिक घाटाको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् ।
उनले आज (आइतबार) नेपाल प्रहरीको साइबर व्युरोमा फेसबुक, युट्युव, टिकटक र इन्ट्राग्राम लगायतका ३२ वटा सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् ।
निकै आक्रमक रुपमा प्रदर्शनमा आइरहेको जारी फिल्मको भिडियो क्लीपहरु अहिले सामाजिक सञ्जालमा जताततै देख्न पाइन्छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ ले आक्रामक व्यपार गरिरहेको छ। यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend