काठमाडौँ। नेपाली चलचित्र ‘बुलाकी’ आज आइतबारदेखि हलबाट उतारिएको छ । गत शुक्रबार नयाँ वर्षको अवसरमा एक साथ तीन फिल्मसँग प्रदर्शनमा आएको उक्त फिल्मलाई कम सो दिइएको भन्दै निर्माण टिमले हलबाट ‘बुलाकी’ हटाएको हो ।
निर्देशक लक्ष्मण सुनारले हलबाट फिल्म हटाउने उल्लेख गर्दै शनिबारै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुलाकी चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं ।’
फिल्मको राम्रो प्रतिक्रिया हुँदाहँदै हल व्यवसायीले अबहेलना गरेको, प्राप्त सबै सो अफटाइमको दिइएको, मोफसलका मुख्य स्टेशनमा १ सो पनि नदिइएको, चलचित्र प्रदर्शन भएको दोस्रो दिनबाटै ७०% सो कटौती गरिएको अनि अग्रिम बुकिङमै फिल्मलाई न्यून सो उपलब्ध गराएको कारण देखाउँदै निर्माण टिमले फिल्म हटाएको हो ।
‘अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक/चौतारासमेत देखाउनेछौं । यसै पनि काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार दोहोर्या्एको छ,’निर्देशक सुनारले लेखेका छन्,’यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइलामै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन ।’ यसअघि सुवर्ण थापा निर्देशित ‘राधा’लाई पनि कम सो दिइएको भन्दै हलबाट निर्माण टिमले हटाएका थिए ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend