Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुराका एक बालकमा कालाजार संक्रमण


    बिहिबार, चैत्र ३० २०७९
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुरामा एक जनामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको हो ।

    लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

    बालकमा कालाजारका साथै कुपोषण रहेको र शरिरमा दुई प्वाइन्ट मात्र रगत रहेको उनले बताए । रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार