काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन पुन: दोस्रो चरणमा हुने भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षतर्फ कसैको पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो।
दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।
अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ । ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।
जिल्ला नगरतर्फ ५० प्रतिशत मतभारमध्ये अञ्जले ४७, रामचन्द्रले ३९ र उमेशलालले २८ प्रतिशत मत पाएका छन् ।
एशोसिएटतर्फको ३० प्रतिशत मत भारमध्ये रामचन्द्रले ११.४ प्रतिशत, अन्जनले १०.७ प्रतिशत र उमेशले ७.९ प्रतिशत मत प्राप्त गरेका छन् ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend