काठमाडौं । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन् । तर राष्ट्र बैंकले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।
अर्थतन्त्र समस्यामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न पक्षसँग छलफल गरी सुधारका लागि पहल गर्ने आश्वासन दिँदै आएका छन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका थिए ।
‘आर्थिक अवस्थाका हिसाबले अहिले निकै चुनौतीपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सरकारको सम्पूर्ण तागत लगाएर अर्थतन्त्रलाई लयमा ल्याउछौं ।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थतन्त्र समस्यामा छ भन्ने बुझिन्छ ।
प्रधानमन्त्रीले अर्थतन्त्रका कारण दबाबको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने ढुक्क देखिन्छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भई प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्ने गभर्नर अधिकारी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend