Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु


    बुधबार, चैत्र २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको ज्यान गएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको हो।

    गएराति भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार