Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जना संक्रमित


    मंगलबार, चैत्र २८ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण आज मंगलबार एक जनाको मृत्यु भएको छ ।

    काठमाडौँको वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।

    आज मात्र १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार