काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।
काठमाडौं विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए ।
काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।
स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस ९केएमसी०मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्।
तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्।
स्कुल अफ एजुकेसनअन्तर्गत १९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएकोमा आधाभन्दा बढीमा विद्यार्थी कोटा रिक्त छ। स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन, स्कुल अफ म्यानेजमेन्टलगायतमा पनि कोटाअनुसार विद्यार्थी भर्ना नभएको उपकुलपति थापाले जानकारी दिए । हरेक वर्ष विद्यार्थी भर्ना क्षमताभन्दा निकै कम भर्ना हुन थालेपछि शैक्षिक कार्यक्रमलाई हटाउने विषयमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको अवस्था अझै नराम्रो छ। यहाँ पनि कुनै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना कोटा रिक्त छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालका अनुसार त्रिविमा तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend