काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। गत फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए।
छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ। पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ। शुक्रवार र शनिवारको कलेक्सन भने आउन बाँकी नै छ।’
राम्रो व्यापार गरेतापनि यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन। यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो।
हेमराज बिसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend