Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डले आज मिटरब्याज पीडितसँग छलफल गर्ने


    शनिबार, चैत्र १८ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितसँग छलफल गर्ने भएका छन् । आज बिहान ८ बजे बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मिटरब्याज पीडितबीच छलफल हुन लागेको हो ।

    आन्दोलनरत पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग राखेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए । मिटरब्याज पीडितहरु केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार