काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ ।
सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ। अघिल्लो दिन सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।
उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा काराेबार हुनेछ ।
यसैगरी कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा काराेबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend