काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विगत केही वर्षदेखि सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन मात्रै पाएको बताएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत सधैँ पीडितले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको बताएका हुन् ।
११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ। तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ । हाल उनीहरुलाई रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएको उनले बताए ।
‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौं’ उनले लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएका छौं ।’
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend