Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते पदम लिम्बूको उपचारको क्रममा मृत्यु


    शुक्रबार, चैत्र १० २०७९
    3.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा मृत्यु भएको छ । विराटनगरमा भएको आन्दोलनमा गम्भीर घाइते धरान-१५ का पदमको आज बिहान उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

    विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता भएपछि बेहोस अवस्थामा उपचारार्थ बीपी पुर्‍याइएको थियो । सोही अस्पतालमा आज पदमको निधन भएको हो ।

    घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने समितिले बताएको छ । उनको हत्यका भएको भन्दै समितिले अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ । यस्तै उनलाई शहीद घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार