Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु


    बुधबार, चैत्र ८ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समय सीमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो ।

    चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो ।

    यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपूर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार