काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार पनि सोहिमूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।
राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १४० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा तोकिएको छ। यसअघि आइतबार उक्त पाउण्डको खरिद १५९ रुपैयाँ ९६ पैसा र बिक्री १६० रुपैयाँ ६९ पैसामा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
आज कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ९४ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १७ पैसामा किनबेच भएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend