Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • नौ फरार प्रतिवादी पक्राउ


    मंगलबार, भाद्र ९ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा  रु तीन हजार जरिवानासहित एक र  जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी मुद्दाका एक जनालाई रु ६४ हजारसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका  एकएक र हातहतियार खरखजाना मुद्दाका दुई जना पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए। 

    त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुई जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार