Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरिए जाजरकोट र अर्घाखाँचीको सीडीओ


    मंगलबार, भाद्र ९ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

    मन्त्रालय स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज पौडेललाई  रुपन्देहीको सहायक सीडीओमा सरुवा गरिएको छ भने अर्घाखाँचीको सीडीओमा गृह मन्त्रालयका विष्णु पौडेललाई पठाइएको छ ।

    चन्द्रनिगाहपुर इलाका प्रशासनका चेतराज बराललाई जाजरकोटको सीडीओ बनाई पठाइएको छ भने जाजरकोटका जनकराज पन्त गृह मन्त्रालयमा तानिएका छन् ।

    बरालको ठाउँमा इलामका सहायक सीडीओ डोलेन्द्र निरौलालाई खटाएको छ ।

    पछिल्लो समय कोरोनाको संक्रमण फैलिएको अवस्थामा कामको मूल्यांकन गर्दै सीडीओ फेर्ने क्रम जारी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार