Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • महोत्तरीका दुई कोरोना संक्रमितको मृत्यु


    मंगलबार, भाद्र ९ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । कोरोनाभाइरस संक्रमणबाट ग्रसित महोत्तरीका दुईजनाको मृत्यु भएको छ । मंगलबार ती दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय वृद्धलाई श्वासप्रश्वासमा समस्या भै उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । ती वृद्ध क्यान्सर रोगी थिए । 

    अस्पतालमा उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै जलेश्वरस्थित आइसोलेशनमा रेफर गरिएको थियो । सो आइसोलेशन सेन्टरमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै अर्का मृतक बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । ढाडको समस्याबाट पीडित उनीमा पनि कोरोना संक्रमण पुष्टि भैसकेको छ । 

    मंगलबार मृत्यु हुने दुई सहित महोत्तरी जिल्लामा अहिलेम्म चार जना मृत्यु भैसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार