काठमाडौं । अर्थतन्त्र संकटग्रस्त भएकाले सरकारी कार्यालयमा बोतलको पानी पिउन रोक लगाउने सरकारले आवश्यकै नभएको कार्यालयमा विशिष्ट श्रेणी सचिवको दरबन्दी थपेको छ । सरकारले केन्द्रीय तथ्यांक विभागलाई राष्ट्रिय तथ्यांक कार्यालयमा रूपान्तरण गरी सचिवको दरबन्दी थप गरेको हो । योजना आयोगमातहत रहेको तथ्यांक विभागको नाम मात्र परिवर्तन भएको छैन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको छ ।
सचिवको दरबन्दी थप गरी कार्यालय प्रमुखमा सचिव रामप्रसाद थपलियालाई जम्मेवारी दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार तथ्याङ्क कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
एउटा सचिवको दरबन्दी थप गर्दा राज्यलाई मासिक रुपमा लाखौं ब्ययभार पर्न जान्छ । हाल बिशिष्ट श्रेणीमा निजामती, सुरक्षा निकाय, संस्थान, बोर्डसहित विभिन्न समूहमा गरी १ सय भन्दा बढी पद छन् । मन्त्रिपरिषद कार्यालय स्र्रोतका अनुसार विकास बजेट कटौती गर्ने प्रधानमन्त्रीले कुनै एक सहसचिवको स्वार्थका खातिर राज्यलाई अनावश्यक प्रशासनिक खर्च बढाउने काम गरेका छन् ।
तथ्यांकमा विशिष्ट श्रेणीको दरबन्दी कायम गरिएपछि संघीय सरकार मातहतका केन्द्रीय विभागहरु सबैमा विशिष्ट श्रेणीको नेतृत्व ल्याउनुपर्छ भन्ने अर्को बहस सुरु हुनेछ । जसले नेपालको प्रशासनिक संयन्त्रलाई बिरुप बनाउने र खर्च बढाउने बाहेक कुनै उपलब्धी हुने देखिंदैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend