Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो


    मंगलबार, फाल्गुन ३० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरुलाई सेवाबाट हटाइएको हो ।

    अस्पतालमा जानकारी नगराई बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले उनीहरुलाई सेवाबाट हटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन छन् ।

    उनीहरुलाई ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाइएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार