Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको पहिलो निर्णय – इजिप्टका लागि आवासीय राजदूत नियुक्त


    सोमबार, फाल्गुन २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन्।

    उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ।

    आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार