Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • काठमाडौंका मेयर बालेन आज लण्डन जाने


    सोमबार, फाल्गुन २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज लण्डन जाने भएका छन् । तीन दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिटमा सहभागी हुन मेयर बालेनसहित चार सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

    टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जनाएको छ ।

    बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार