वीरगंज । गृहमन्त्री पद रिक्त रहेको बेला तस्करी गर्ने संजाल र प्रहरीले सीमावर्ती क्षेत्रलाई आफ्नो कमाई खाने भाँडोको रुपमा रुपान्तरण गर्न सफल भएका छन् । नेपाल र भारतको सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भन्सारछली गरी आयात तथा निर्यातको काम पुनः सुरु भएको छ । तस्कर संजालले सीमावर्ती क्षेत्रबाट सजिलै अवैध रुपमा नेपाल भित्र्याइएको मालसमान मुलुकको राजधानी काठमाण्डौसम्म पुग्ने गरेको छ ।
वीरगंज वरिपरिको क्षेत्र लगायत पर्सा जिल्लाका ग्रामीण भेगहरुबाट सुरु भएको तस्करीको अवैध धन्दाले जिल्ला बदनाम हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमलविक्रम शाहले सीमा नाकाहरुमा निगरानी बढाउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै प्रहरी नायब निरीक्षक बिनोद सिंह र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिदुर शिवाकोटीले तस्करी धन्दालाई पहिलो प्राथमिकता राख्दै सुरु गराएका छन् ।
सीमावर्ती क्षेत्रहरुबाट अवैध तरिकाले नेपाल भित्रिएको मालसमान ट्रान्सपोर्टको माध्यमले सजिलै मुलुकको राजधानीसम्म पुग्ने गरेको छ । पर्सा, बारासँगै मकवानपुरको प्रहरीले पनि आर्थिक प्रलोभनमा परी तस्करीको मालसमानलाई प्राथमिकता दिने गरेको रहस्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आफ्नो क्षेत्रभित्र कुनै किसिमको भन्सारछली वा अन्य अवैध कार्य अथवा संगठन विपरीत कार्य गरेको फेला परे प्रहरीलाई कारवाही गर्ने चेतावनी दिए पनि उनको आदेशलाई समेत धज्जि उडाउदै सजिलै मालसमान राजधानी पुग्ने गरेको छ ।
प्रहरी चौकी नेवारपानीमा आफ्नो पावर लगाउँदै पुगेका प्रहरी नायब निरीक्षक शिव शर्मा र अर्का एक प्रहरी निरीक्षकको सेटिङमा मालसमान सजिलै अर्को जिल्ला अर्थात् चितवन लगायत राजधानीसम्म पुग्ने गरेको छ । राजनीतिक पावर लगाउँदै प्रहरी चौकी नेवारपानी पुगेका प्रहरी नायब निरीक्षक शर्मा आफ्नै संगठनको आदेश विपरीत काम गरिरहेका छन् । प्रहरी उपरीक्षक बामदेव गौतमले तस्करी नियन्त्रण गर्न इमान्दार प्रयत्न गर्न खोजेको देखाइरहेका छन् । तर उनकै मातहतका प्रहरी कर्मचारीले ट्रान्सपोर्टको माध्यमले जाने गरेको मालसमानलाई केही रकमको लोभमा परी छोड्ने गरेका छन् ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend