Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ


    सोमबार, फाल्गुन १५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पीडितहरुलाई सुनिता परियारको नाममा २३ लाख बराबरको रकम पठाउन लगाइ अनलाईन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरुलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार