काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिँसा भएको भन्दै श्रीमान् छवि ओझाविरुद्ध हालेको सम्बन्धबिच्छेद तथा माना चामल मुद्दामा जिल्ला अदालत काठमाडौंले शिल्पाको पक्षमा फैसला गरेको छ। शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् ।
शिल्पाले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको उक्त मुद्दा जितेकी हुन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्तिसमेत दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ ।
उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।
छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बुझिन्छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।
यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ । तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।
शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन् । तर, छविले चाहिँ उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend