काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको करोबार स्थिर रहेको छ । यसको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
यसअघि आइतबार पनि सोहि भाउमा अमेरिकी डलरको कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो। आइतबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा कायम गरिएको थियो।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ९० रूपैयाँ ४ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिदमूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्रीमूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको थियो । सोमबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ६ पैसा र बिक्रीमूल्य ९७ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ । साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।
सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ। आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ २ पैसा तोकिएको छ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend