काठमाडौं । दुई सरकारी निकायबीच समन्वय नहुँदा शिक्षक र विद्यार्थीका परीक्षा एकै समयमा पर्ने भएका छन् । त्यसले गर्दा विद्यार्थी र शिक्षक दुवैको परीक्षामा असहज अवस्था सिर्जना हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्दैछ । त्यसको भोलिपल्ट अर्थात् चैत १८ गते शनिबार शिक्षक सेवा आयोगले पनि माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि लिखित परीक्षा सञ्चालन गर्दैछ ।
दुईथरी परीक्षा एकै समयमा सञ्चालन हुने भएपछि शिक्षकहरू दोधारमा परेका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा जुट्ने कि आफ्नै परीक्षाको तयारीमा लाग्ने अन्योल उनीहरूमा छ । एसईई परीक्षा सञ्चालनको मुख्य जिम्मेवारी शिक्षककै हुन्छ । परीक्षाको केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, परीक्षा निरीक्षक, प्रश्नपत्र तथा उत्तरपुस्तिका वितरण र सङ्कलनको काम पनि शिक्षककै हुन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा एक साताअघि नै शिक्षक तयारीमा लाग्नुपर्ने हुन्छ ।
“विद्यार्थीको भविष्यसँग जोडिएको एसईईलाई राम्रो वातावरणमा सञ्चालन गर्नेतर्फ लाग्ने कि आफ्नै भविष्यको गोरेटो निर्धारण गर्ने स्थायी शिक्षक नियुक्तिसम्बन्धी परीक्षामा लाग्ने ?” काठमाडौँका एक सामुदायिक विद्यालयका शिक्षकले गुनासो गर्दै भने । दुवै परीक्षा उत्तिकै महत्वपूर्ण भएकाले परीक्षा बोर्ड र आयोगले एकापसमा छलफल गरेर दुईमध्ये एउटा परीक्षा स्थगित गर्नुपर्छ ।”
तनावबीच सञ्चालन हुने भएकाले दुवै परीक्षा मर्यादित र स्वच्छ रूपमा सञ्चालन गर्न कठिन हुने शिक्षकहरूको भनाइ छ । शिक्षक सेवा आयोगले माध्यमिक तहतर्फ स्थायी शिक्षक नियुक्तिका लागि चैत १८ गतेका लागि परीक्षा बोर्डको निर्णय हुनुअघि नै परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend