काठमाडौं । बहालवाला प्रहरी उपरीक्षक(एसपी)ले संगठनका बिरुद्ध तथानाम बोल्दा भूतपूर्व डीआईजीबाट कुटाइ खाएका छन् । घटना गएको मंगलबारको हो । बिराटनगरका ब्यापारी तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले छोराको विवाहको भोज याक एण्ड यति होटल दरबारमार्गमा दिएका थिए । उक्त भोजमा नेपाल प्रहरीका अवकाशप्राप्त र बहालवाला अधिकृतहरु पनि निम्तालु थिए ।
ब्यापारीको छोराको विवाहमा बिदेशी ब्रान्डका धेरै किसिमका मदिरा पनि राखिएको थियो । मदिराका सौखिन निम्तालुहरुले स्वाद अनुसारको सेवन गरिरहेकै थिए । पार्टीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी आभूषण तिम्सिना पनि सहभागी थिए । भोजमा अलि अगाडि पुगेका तिम्सिना अरु निम्तालु जाँदा मदिरामा मस्त भइसकेका थिए । मदिराको नसा चढ्र्दै गएपछि एसपी तिम्सिनाले प्रहरी संगठनका बिरुब्द्ध बोल्दै जान थाले । चर्को स्वरमा प्रहरीलाई … को संगठनको संज्ञा दिन थालेपछि भोजमा सहभागीहरु उनीसँग टाढिन थाले ।
उक्त विवाह भोजमा नेपाल प्रहरीबाट अवकाश प्राप्त डीआईजी दीपककुमार थापा र सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डीआइजी राजेन्द्र्र बस्नेत पनि बिराटनगरकै भएकाले बोलाइएका थिए । मदिराको सुरमा एसपी तिम्सिना पूर्वडीआइजी थापा र बस्नेत बसेको ठाउँमा गएर पनि प्रहरी संगठनका बिरुद्ध बोल्न सुरु गरे । केही समय मदिराको सुरमा बोलेको भनेर चुप बसेका थापा र बस्नेतले बहालवाला एसपीले आफ्नै प्रहरी संगठन र आइजीपीका बिरुद्ध बिषबमन गरेको देखेर आक्रोशित भए । र, पूर्वडीआइजी थापाले सम्झाउँदा पनि नमानेपछि हात नै चलाउन बाध्य भएका थिए । उनले अति नै गर्न थालेपछि दुई किक हाने । थापा र बस्नेतमात्र होइन, होहल्ला भएपछि जम्मा भएका कतिपय निम्तालुले पनि तिम्सिनालार्इं हातपात गरेका थिए ।
थापाले त्यति गर्दा पनि गाली गर्न नछाडेपछि सशस्त्रका पूर्वडीआइजी बस्नेतले खु्ट्टाले नै प्रहार गर्ने परिस्थिति निम्तिएको थियो । थापा र बस्नेतले सम्झाउन खोज्दा औंला तेस्याउँदै संगठनबिरुद्ध खनिएपछि उनलाई शारीरिक बल नै प्रयोग भएपछि सहभागीहरुले छुट्याएका थिए । अति नै होहल्ला गर्न थालेपछि काठमाडौं प्रहरी परिसरका डीएसपी पवन भट्टराईको टोली आएर उनलाई सम्झाई बुझाई घर लिएर गयो । तर फेरि आधा घन्टापछि उनी होहल्ला गर्दै याक एण्ड यतिको पार्टीमा आइपुगे । प्रहरीले नै सम्झाई बुझाई निवासमा पुर्याएका उनी पुनः याक एण्ड यतिमा आएर बबाल गर्न थालेपछि चलिरहेको पार्टी नै बन्द गर्न आयोजक बाध्य भएका थिए । विवाह पार्टी नै भाँडिएको थियो । आयोजकले खल्लो महसुस गर्दै निम्तालुलाई बिदा गरेका थिए ।
विवाह भोजमा मंगलबार बबाल कुटाई खाएका तिम्सिना बुधबारै १० दिनको बिदा लिएर बिराटनगरतिर लागेका छन् । यसअघि पटक पटक उनी मदिराको तालमा अन्टसन्ट गर्दै विवादमा पर्ने गरेका छन् । एकपटक कमलादीको एक लाउन्जमा समेत उनले मदिराको सुरमा अस्वभाविक हर्कत देखाएपछि कुटाई खाएका थिए ।
याक एण्ड यतिको विवाह भोजमा सहभागी भएका पूर्वडीआइजी दीपककुमार थापालाई एसपीलाई कुट्नुभएको हो र भन्ने जिज्ञासा राख्दा उनले भने–‘बहालवाला अधिकृतले संगठनका बिरुद्ध मनपरी बोलेपछि सम्झाइ बुझाइ गरेको हो, सम्झाउन खोज्दा उनी झन् बढी उत्तेजनामा आए, त्यसपछि समातेर पठाउन खोजेको हो, कुटिहालेको भने होइन । सम्झाउने क्रममा उनी असन्तुलित हुँदा हातले छोइयो होला ।’
प्रहरी चेन अफ कमाण्डमा चल्ने संगठन हो, एक अधिकृतले विवाहभोजमा मदिरा पिएर संगठनकै बिरुद्ध बोल्दा उनीमाथि बिभागीय कारबाही हुनुपर्ने बिषय भए पनि घटना घटेको ५ दिनसम्म पनि उनीमाथि एक्सन भने लिएको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend